माटाेकाे ढिस्काेले पुरिएर ज्यान गुमाएका ५ जनाका परिवारलाई राहत

समाधान संवाददाता २०७६ मंसिर १७ गते १३:४९

समाधान संवाददाता
पोखरा

पोखरा २० मौजा बिसौनामा सडक निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका ५ जना मृतकका परिवारलाई राहत दिइने भएको छ ।

गृह मन्त्रालय अन्तर्गत विपत् व्यवस्थापन समितिले प्रतिव्यक्ति १ लाख, निर्माण कम्पनी रोयल सन्दिपदेपले प्रतिव्यक्ति १ लाख रुपैयाँ दिने घोषणा गरेको छन् । रोयल सन्दिदेप कम्पनीले इन्स्योरेन्स गरेको सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रतिव्यक्ति ७ लाख प्राप्त गर्ने गरी फाइल अघि बढाएको छ ।

Advertisement

मृतक मजदुरका परिवारले प्रतिव्यक्ति ९ लाख रुपैयाँ पाउने व्यवस्थापछि सोमबार शव बुझेका छन् । मृतकका आफन्त र शव पोखराबाट सल्यानको बाघचौर नगरपालिका ४ सम्म लैजाने जिम्मा पोखरा महानगरपालिकाले लिएको छ । महानगरपालिकाका २ गाडीमार्फत सोमबार नै उनीहरुलाई पठाइएको छ । बाटोमा पर्खाल लगाउँदै गरेका बेला माथिबाट खसेको ढिस्कोले किच्दा ५ जनाको ज्यान गएको थियो ।

ढिस्कोले पुरिएर सल्यान जिल्ला बाघचौर नगरपालिका ४ का गणेश ओली, तोभान बस्नेत, खिमलाल ओली, वीरबहादुर बस्नेत र जोगेन्द्र बुढाथोकीको ज्यान गएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया