भुटानलाई नेपालले चार गोलले हरायो

समाधान संवाददाता २०७६ मंसिर १७ गते १६:५१

समाधान संवाददाता, काठमाडाैं

तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार भएको खेलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ।

भुटानलाई ४ गोलले हराउँदै नेपालले जित हासिल गरेको हो।

Advertisement

नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि-किकमार्फत् गोल गरेका हुन्।

खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि-किकमार्फत् अर्को गोल थपेपछि नेपालले फराकिलो गोल अन्तरले जित हासिल गरेको हो।

Advertisement

दोस्रो हाफमा ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पार्दै लगेको थियो।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफको ५२ मिनेटमा अर्को गोल थपेको हो।

पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए। दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए।

यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोलेको छ।

तपाईको प्रतिक्रिया