उसुबाट दीपक हमालले जिते तेस्राे स्वर्ण, नेपालको स्वर्ण २५ पुग्यो
समाधान संवाददाता
२०७६ मंसिर १८ गते १२:४०

समाधान संवाददाता, काठमाडाैं
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका दीपक हमालले स्वर्ण जितेका छन्।
उनले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जितेका हुन्। बुधबार भएको नानकुनको प्रतिस्पर्धामा उनले ९.६२ अंक जोडे।
यसअघि उनले मंगलबार नान छ्वानमा उनले ९.७० अंक जोडेका थिए। समग्रमा उनले १९.३२ अंक जोडे। दोस्रो भएका भारतका साजन लामाले १९.१७ अंक बटुले। यो नेपालले उसुबाट जितेको यो तेस्रो स्वर्ण हो।
यसअघि मंगलबार उसुबाट विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोको छानछ्वानबाट स्वर्ण पदक हात पारेका थिए।
नेपालले अहिलेसम्म करातेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण र एथ्लेटिक्सबाट १ स्वर्ण जितिसकेको छ। नेपालले अहिलेसम्म २५ स्वर्ण जितेको छ।
तपाईको प्रतिक्रिया