मुस्ताङको वारागुङमा गुरुयोजना

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र कागबेनी गाउँ । तस्विरः एसके थकाली ।
एसके थकाली
जोमसोम
हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विकास गुरुयोजनाको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । टुक्रे योजना र विकासले विकास गति अघि बढ्न नसक्ने उल्लेख गरी गाउँपालिकाले १९ वटै गाउँको समान विकासका लागि गुरुयोजना अध्ययन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले गुरुयोजनाको खाका तयार गर्न तथा यसको सम्भावना, चुनौति र समाधानका उपायको खोजी गर्ने उद्देश्यले स्थानीय स्तरमा विज्ञ टोली खटाएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ –धाराले जानकारी दिए । उनका अनुसार गुरुयोजना अध्ययनका लागि गत वर्ष १० लाख बजेट बिनियोजन गरी कार्यसर्तसहित प्रस्ताव आह्वान गरेको थियो । उनले गुरुयोजना अध्ययनको काम नेपाल विकास अध्ययन संस्थानले पाएको बताए ।
गाउँपालिकाले गत वर्ष नै गुरुयोजना बजेट बिनियोजन गरे पनि अध्ययन सुरु गर्न भ्याएको थिएन । तर, संघियताको तेश्रो वर्षमा पुग्दा गाउँपालिकाले उक्त गुरुयोजना अध्ययनको काम थालेको अध्यक्ष गुरुङले उल्लेख गरे । वारागुङ बिस्तृत विकास गुरुयोजना अध्ययनका लागि नेपाल विकास संस्थानका विज्ञ टोलीले १९ वटै गाउँमा पुगेर प्रारिम्भिक अध्ययन सम्पन्न गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको गुरुयोजनामा पर्यटन विकासका योजना सहित कृषि, पशुपालन, उर्जा, पूर्वाधार विकास, कलासंस्कृति, धार्मिक स्थलको संरक्षण तथा व्यवस्थापन, रोजगार सामाजिक आर्थिक विकास तर्फ शिक्षा र स्वास्थ्य क्षेत्रको स्तरोन्नति र विकासमा प्रारम्भिक अध्ययन भएको अध्ययन संस्थानका विज्ञ चिरञ्जीवी बरालले बताए । उनका अनुसार गुरुयोजना अध्ययनबाट पुन छलफल गरी गाउँपालिकाको भावी योजनाको खाका तयार गरिने छ ।
गाउँपालिकाले ओझेलमा परेका पर्यटकीय तथा धार्मिक स्थलहरु खोजी र विकास गर्ने, कृषिक्षेत्रको विकास र सम्भावनाको पहिचान गर्ने मुस्ताङको कलात्मक संस्कृतिलाई संरक्षण र विकास गर्ने योजना बनाएको हो । यातायातको विकाससँगै मुस्ताङको संस्कृति पदमार्ग र पर्यावरणक्षेत्र मासिन थालेकाले यसको संरक्षण र विकासका चुनौति पत्ता लगाई दिगो पर्यटन विकासमा योगदान दिने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार केही महिना भित्रै गुरुयोजना खाका सार्वजनिक हुने जनाएको छ ।
वारागुङ मुक्तिक्षेत्रमा जैविक तथा खनिज पदार्थ उत्खननको पनि उक्तिकै संम्भावना रहेको पाईएको छ । मुक्तिनाथमा ग्यास खानी र तेताङमा नुन खानी उत्खनन हुन सके रोजगार सृजना हुने पालिकाको आर्थिक अवस्था सवल बन्ने जनाईएको छ । यस्तै, मुस्ताङमा जतिपनि पर्यटक आउछन् त्यो मुक्तिनाथकै देन भएको र प्रसिद्ध श्राद्ध स्थल कागबेनी वारागुङ मुक्तिक्षेत्रमा पर्ने भएकाले यी ठाउको विकासमा पनि गाउँपालिकाले सहकार्य गरी अघि बढ्ने गुरुयोजनाले समेट्ने बताईएको छ । नेपाल विकास अध्ययन संस्थानका विज्ञको भनाई अनुसार गुरुयोजनाको अध्ययन संस्थानका खाका पछि विषयगत योजनाहरु अघि बढाउन गाउपालिकालाई सहज हुने जनाएको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया