भारत र पाकिस्तानका खेलाडीलाई तेक्वान्दोमा हराउदैँ सक्षम र संगिताले जिते स्वर्ण

समाधान संवाददाता २०७६ मंसिर १८ गते १७:०४

समाधान संवाददाता, काठमाडाैं

Advertisement

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बुधबार नेपालले तेक्वान्दोबाट अर्को स्वर्ण भित्र्याएको छ।

८७ केजीमाथि तौल समूहमा फाइटमा सक्षम कार्कीले नेपालका लागि स्वर्ण जितेका हुन्। उनले फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई २७-९ ले पराजित गरेका हुन्।

यसअघि तेक्वान्दोबाटै नेपालकी संगिता बस्यालले स्वर्ण जितेकी हुन् । उनले ६२ केजी मुनी तौल समूहमा संगिताले भारतकी गगनजोत जिलललाई १९-८ अंकले पराजित गरेकी हुन्। 

यो सँगै नेपालको स्वर्णसंख्या २९ पुगेको छ। बुधबार नेपालले साइक्लिङ र तेक्वान्दोबाट २-२ स्वर्ण जित्दा कराते र उसुबाट १-१ जितेको छ। 

Advertisement

तपाईको प्रतिक्रिया