प्रधानमन्त्रीलाई आज डिस्चार्ज गरिने

समाधान संवाददाता २०७६ मंसिर १९ गते १५:००

समाधान संवाददाता, काठमाडाैं

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीकाे आज डिस्चार्ज गरिने भएको छ ।

उनलाई दिउँसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Advertisement

त्यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया