बुद्धिबहादुरले दिलाए नेपाललाई ३२ औं स्वर्ण
समाधान संवाददाता
२०७६ मंसिर १९ गते १६:००

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा बुद्धिबहादुर तामाङले स्वर्ण पदक जितेका छन् ।
बिहीबार गोकर्णमा भएको पुरुष क्रस कन्ट्रीमा बुद्धिबहादुरले १ घन्टा १९ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेका हुन् ।
यस्तै १ मिनेट १९.४० सेकेण्डमा दुरी पारे गरेका नेपालकै राजिभ राईले रजत र १ मिनेट २१.०० सेकेण्डमा निर्धारित दुरी पार गरेका ओकेशराज बज्राचार्यले काश्य जिते ।
बुद्धिबहादुरको स्वर्णसँगै नेपालले सागको एउटै संस्करणमा जितेको सर्वाधिक स्वर्ण जितेको छ ।
यससँगै १३ औं सागमा नेपालकाे स्वर्ण ३२ पुगेकाे छ ।
तपाईको प्रतिक्रिया