सावित्राको हृयाट्रिकसँगै नेपालको सहज जित

समाधान संवाददाता २०७६ मंसिर १९ गते १६:३४

समाधान संवाददाता, पाेखरा

 सावित्रा भण्डारी ‘साम्बा’को हृयाट्रिकसँगै नेपालले ३ औं दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सलाई हराएको छ ।

बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० गोल अन्तरले हराएको हो ।

Advertisement

पोखरा रंगशालामा भएको खेलमा नेपालले १६ औं मिनेटमा सावित्राको गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतको पासमा उनले हेड गोल गरेकी हुन् । चार मिनेटपछि नै सावित्राले नै नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको इन्जुरी टाइममा सावित्रालाई डिबक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पायो, जसमा उनैले गोल गर्दै हृयाट्रिक पूरा गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया