भारतमा डाक्टरलाई बलात्कारपछि जलाउने चार जनालाई प्रहरीले हान्यो गोली

एजेन्सी
भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ ।
अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो ।
ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो । शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो ।
घटनास्थलमा पुगेपछि ती अभियुक्तले प्रहरी अधिकारीको हतियार खोसेर भाग्न खोजेकाले प्रहरीले गोली हानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर चारै जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा दुई जना प्रहरीहरु पनि घाइते भएको जनाइएको छ ।
गत साता ती डाक्टरका परिवारले छोरी हराएको खबर गरे पनि तत्काल कदम नचालेको भन्दै तीन प्रहरीलाई निलम्बन गरिएको थियो ।
घटना के भएको थियो?
हैदरावादको शादनगरकी २६ वर्षीया भेटनरी डाक्टर पोतुला प्रियंका रेड्डी अघिल्लो बुधबार अस्पतालबाट घर फर्किँदै थिइन् । उनको स्कुटर नजिकैको एउटा प्लाजाको पार्किङ गरिएको थियो ।
त्यो दिन उनको स्कुटरको टायर पन्चर भएको रैछ । रात परिसकेको थियो । नजिकै वर्कसप थिएन । उनी त्यहीँ अड्किएकी थिइन् । प्रियंकालाई दुई जना पुरूषले सहयोग गर्ने बताए । उनलाई सुरूमै ती दुईजनासँग डर लागिरहेको थियो तर घर पनि जानु नै थियो ।
उनले सहयोग स्वीकारिन् तर केही गरिहाल्छन् कि भन्ठानेर आफ्नी बहिनीलाई फोन गरिन् । भनिन्-म तँसँग कुरा गर्दै आउँछु फोन नकाट्नु । केहीबेरपछि त प्रियंकाकै फोन स्विच अफ भयो । छोरी सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरे ।
प्रहरीले खोजी थाल्यो । रातभरि केही पत्ता लागेन । बिहीबार बिहान शादनगरको चतनपल्ली गाउँका एक किसानले महिलाको शव ह्युम पाइपभित्र भेटिएको खबर पठाए ।
प्रहरी घटनास्थलमा पुग्यो । त्यहाँ जलेको अवस्थामा प्रियंकाको शव भेटियो । घटनास्थलमा प्रियंकाको स्कार्फ, माला, जुत्ता, पर्सलगायतका सामान पनि आधा जलेको अवस्थामा भेटिए ।
प्रियंका हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि बलात्कारीलाई फासीको सजाय हुनु पर्ने भन्दै हैदरावादमा दिन्दिनै प्रदर्शन भइरहेका थिए ।









सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
भुजीखोला बाढीको ५ वर्ष : पीडितलाई ऋणको पासो, राहतको आशै मर्यो
नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया