सिद्धबाबामाथिको अनुसन्धान सकिएन, म्याद थपका लागि अदालत लगियो
समाधान संवाददाता
२०७६ मंसिर २० गते १२:५४
समाधान संवाददाता, काठमाडाैं
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको छ ।
अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसियुबाटै उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएका सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा पेस गरेकाे हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया