लमजुङमा बस खोलामा खस्दा एकको मृत्यु, चार गम्भीर घाइते

समाधान संवाददाता २०७६ मंसिर २२ गते ११:३१

समाधान संवाददाता, लमजुङ

लमजुङमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका ७ पाउँदीमा आइतबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

Advertisement

लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरूङका अनुसार बिहान सात बजेतिर प्रहरी चेक पोष्ट नजिकैबाट बस करिब १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते २ जनालाई कर्मदा अस्पताल सुन्दरबजार लगिएकोमा अन्दाजी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।

Advertisement

गभ्भीर घाइते ४ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । कर्मदा अस्पतालमा लगिएको एक जना भने उपचारपछि डिस्चार्ज भएका छन् । १ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बसमा १२ जना यात्रु थिए । बसका चालक तनहुँको भन्सारका कृष्णबहादुर आले भने गाडी छोडेर हिँडेको र अहिले प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ । रोकेर राखेको बस एक्कासी गुडेको र भीरबाट पाउँदी खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया