विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ
समाधान संवाददाता
२०७६ मंसिर २२ गते १४:४७

समाधान संवाददाता, काठमाडाैं
नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका–४ पाँचगाछीका हुन्।
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो।
बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। शुक्रबार साँझ तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया