विप्लव समूहका मेचीनगर इञ्चार्ज पक्राउ

समाधान संवाददाता २०७६ मंसिर २२ गते १४:४७

समाधान संवाददाता, काठमाडाैं

नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका४ पाँचगाछीका हुन्।  

झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो।

Advertisement

बिस्फोट गराउने समूहको खोजी क्रममा गिरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। शुक्रबार साँझ तीनकुनेबाट नियन्त्रणमा लिइएका गिरीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

Advertisement

तपाईको प्रतिक्रिया