बंगलादेशले जित्यो महिला क्रिकेटको उपाधि, श्रीलंका २ रनले पराजित
समाधान संवाददाता
२०७६ मंसिर २२ गते १५:३६

समाधान संवाददाता, पाेखरा
१३ औं साग अन्तरगत महिला टि–२० क्रिकेटको उपाधि बंगलादेश जितेको छ । लो–स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनकोे रोमाञ्चक जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको थियो । बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।
९२ रनको लक्ष्य पछ्याउन आएको श्रीलंकालाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । हातमा दुई विकेट मात्र थिए । तर, बंगलादेशले ४ रन मात्र जोड्न सक्यो । अन्तिमका दुवै ब्याट्सउमन रन आउट भए । श्रीलंका ८९ रनमा अलआउट भयो ।
तपाईको प्रतिक्रिया