सीमा विवाद र अनिवार्य सैनिक सेवा

समाधान संवाददाता २०७६ मंसिर २३ गते १३:११

नरेन्द्र ढकाल

साधारणतया कुनै पनि राष्ट्रमा बसोबास गर्ने मानिसले आफ्नो राष्ट्रप्रति देखाउने प्रेमभाव र समर्पणलाई राष्ट्रियता भनिन्छ । विगत लामो समयदेखि नेपाल र नेपाली जनता राजनैतिक अस्थिरतालाई भोग्न बाध्य भइरहेका थिए । जसका कारण राष्ट्रवासी जनता राष्ट्रियताको विषयमा अलिक विचलित नै भैरहेको अवस्था थियो । सर्वसाधरण नेपाली प्रष्टसँग राष्ट्रियताको सवालमा कुरा गर्न पनि हिच्किचाउने अवस्थामा हामीले राजनैतिक स्थिरता पाएका छौं । छिनछिनमा सरकार परिवर्तन हुने अवस्था २००७ सालको परिवर्तन पश्चात पनि देखा परी रह्यो । तर सो अवस्थामा परिवर्तन भइ नेपाली जनतामा केही आशा त पक्कै पैदा भएको छ ।

विश्वमा करिब १ सय ९६ राज्य (मुलुक) अस्तित्वमा छन् । विश्वमा कही न कही देशबीच आफ्नो भू–भागका बारे विवाद भए गरेको सुन्न पाइन्छ । छिमेकी मित्र चीनको पनि विभिन्न राष्ट्रसँग सीमा विवाद भएको पाइन्छ । चीन विश्वमा सबैभन्दा धेरै जनघनत्व भएको मुलुकको रुपमा चिनिन्छ । उसको १४ देशसँग सीमा जोडिएको छ । करिब २३ वटा देशसँग उसको सिमा विवाद छ ।

Advertisement

साथै चीनको सिमाको हजारौं किलोमिटर दुरीमा रहेको देशसँग पनि सिमामा कुनै न कुनै विवाद छ । विश्व राजनीतिमा चीनको सबैभन्दा निकट मानिने उत्तर कोरियासँग पनि झिनो सिमा विवाद रहेको सुन्न पाइन्छ । दोश्रो छिमेकी मुलुक भारत धेरै देशसँग सीमा जोडिएको छ । भारत र पाकिस्तानमा पनि ¥याडिफ लाइन क्षेत्रमा प्राय विवाद भएको पाइन्छ । भारत र पाकिस्तान त जन्मजात शत्रुको रुपमा हेर्न सकिन्छ । उनीहरु बीचमा विभिन्न भुराजनैतिक आन्तरिक विवाद परिरहेको छ । त्यसै गरी भारत र म्यानमारको इन्डो बर्मा ब्यारियर पिल्लर नम्बर ७६ र ७७ मा विवाद छ । साथै पाकिस्तान अफगानिस्तानमा पर्ने डु¥यान्ड लाइनमा सीमा सम्बन्धी विवाद छ ।

नेपालमा भने १८१६ मा जब–जब ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग सन्धि भएपश्चात सीमा विवाद हुन सुरु भयो । फलस्वरुप नेपालको भुभागमा भारतले सीमा मिचेको विभिन्न समयमा विभिन्न सन्चार माध्यममा देखा पर्न थाल्यो । सीमा विवाद र सिमा मिचेको कुरा नेपालका विभिन्न भू–भागमा सुनिन्छ ।

Advertisement

नवलपरासीको सुस्ता क्षेत्र तथा कालापानी लिम्पुयाधुरा बढी बहसको विषय बन्न पुगेको छ । साथ–साथै तराइका अन्य भू–भागमा पनि यस्ता समस्या देखिइरहन्छन् । सिमा विवाद उत्पन्न हुने कुरामाथि उल्लेखित चिनको अन्य देशसँग हुने सीमा विवादबाट पनि प्रष्ट हुन्छ कि ठूला तथा शक्तिशाली राष्ट्रले सानो मुलुकमाथि आफ्नो शक्ति प्रदर्शन गर्न खोज्ने नियत नै प्रमुख मानिन्छ । विश्व समाजमा ठूलो मुलुकले सानो मुलुकलाई आफ्नो प्रभुत्व र शक्तिद्वारा सीमा मिच्ने क्रम जारी नै छ । संयुक्त राष्ट्र संघ भनेको यसको दर्शक मात्र बनेको पाइन्छ ।

सीमा विवादको समस्यालाई आफ्नो शक्ति वृद्दि गरेर वा शक्तिबीच सन्तुलन कायम गरेर यस समस्याको हल गर्न सकिन्छ । यसको उदाहरणमा भारत र पाकिस्तान जन्मजात शत्रुको रुपमा देखिन्छ । ठुलो मानवीय क्षति हुने युद्द नभएता पनि शत्रुता भने कायम नै रह्यो । यसको १ मात्र कारण छ, जब भारतले आ–आफ्नो शक्ति निर्माण गर्ने काम गर्‍यो, सो शक्ति परमणु हतियार थियो । सन् १९७४ मा निर्माण गरिएको परमाणु हतियारले पाकिस्तान पनि आफ्नो शक्ति निर्माण गर्ने शिलशिलामा १९९८ मा परामाणु हतियार गरी विश्व समुदाय तथा प्रमुख भारतसँग आफ्नो शक्ति सन्तुलन गर्‍यो । सो कारण भारत र पाकिस्तान बीच कटुतापूर्ण सम्बन्ध भएपनि विशाल युद्द सम्भव भएन ।

जब–जब शक्ति राष्ट्रले सानो राष्ट्रलाई थिचोमिचो गर्ने श्रींखला सुरु हुन्छ, तब कि त त्यसले सीमा विवाद निम्त्याउँछ, कि राष्ट्रीबच युद्द हुने सम्भावना हुन्छ । कि त सार्भभौमसत्ता सम्पन्न राष्ट्र पनि ठूलो राष्ट्रको शक्तिद्वारा बिलय हुने सम्भवना देखिन्छ । उदाहरणका लागि भारत ले सन् १९७५ मा सिक्किमलाई आफ्नो भू–भागमा समेट्यो, अर्को राष्ट्र चीनले पनि तिब्बतलाई आफ्नो भूमिमा समेट्यो ।

यी विभिन्न तथ्यले के स्पष्ट पार्छ भने ठूला राष्ट्रले साना राष्ट्रलाई विस्तारवादी शैलिमा हेरिरहेका हुन्छन् । आफ्नो बराबरीका राष्ट्रसंग शक्ति सन्तुलन बनाइरहेका हुन्छन् । नेपाल पनि २ ठूला देशका बीचमा छ ।

संप्रभुत्वताका हिसाबले सबै देशको आफ्नो आन्तरिक तथा बाह्य शक्ति कायम हुन्छ । नेपाल भू–भागमा ठूलो देशको तुलनामा सानो होला । तर सम्प्रभुत्ता तथा सार्भभौमिकताका हिसाबले विश्व समुदायमा आफ्नो हैसियत कायम राख्ने राष्ट्रको रुपमा अघि बढ्नुपर्छ । महत्वपूर्ण कुरा के छ भने जुन भारत र नेपालबीचमा सीमा विवाद तथा नाकाबन्दी खेपिरहनु परेको कारण पनि त्यै हो । भारतले नेपाललाई मित्रको रुपमा नहेरी भाइको रुपमा सम्बन्ध स्थापित गर्न चाहन्छ । नेपालले चीन र भारतसँग शक्ति सन्तुलन अनिवार्य सैनिक सेवालाई अनिवार्य गरी संवैधानिक मान्यता दिनुपर्ने समयको माग छ ।

नेपालले परमाणु हतियार निर्माण गरी आफ्नो शक्ति प्रदर्शन गर्ने र २ ठूला छिमेकी बीच शक्ति सन्तुलन नगरी उनीहरुले नेपाल र नेपालीलाई छिमेकी मुलुक भनि नहेर्ने अवस्था आजको दिनसम्म देखियो । सन २०१५ मे १५ मा भारत र चीनबीच भएको ट्रेड एन्ड ट्रान्जेक्सन ट्रिटीबाट के स्पष्ट हुन्छ भने नेपाललाई सु–सुचित नगरी २ देशको उपस्थितिमा सन्धि गर्नु अन्तर्राष्ट्रिय कानुनको सरासर उल्लंघन भएको देखिन्छ ।

नेपालले आफ्नो राष्ट्रिय भावनालाई जागृत गर्न तथा अनुशासनसित नागरिक उत्पादन गर्ने अनिवार्य सैनिक सेवाको व्यवस्था गनु पर्ने देखिन्छ । अनिवार्य सैनिक सेवाको ऐतिहासिक सुरुआत सन् १७९० फ्रान्सको राज्य क्रान्ति पश्चात फ्रान्समा सुरु भयो । त्यस पश्चात युरोपका विभिन्न देशले पनि राष्ट्रिय सुरक्षा महसुस गरी आफ्नो देशमा समेत अनिवार्य सैनिक सेवाको व्यवस्था गरेको तथ्य भेटिन्छ ।

यसरी विश्वका विभिन्न मुलुकले अनिवार्य सैनिक सेवाको व्यवस्था गरेका छन् । बेलायतमा सन् १९४७ जुलाई मा राष्ट्रिय सेवा ऐन पास गरी १८–३० वर्ष उमेर समूह का युवालाई अनिवार्य सैनिक सेवामा लिएको थियो ।

यसो भनी रहँदा अनिवार्य सैनिक सेवाको व्यवस्था गर्दा मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताको हनन हुने भन्ने प्रश्न आउन सक्छ । तर प्रजातन्त्रको जननी मनानी बेलायतमा समेत राष्ट्रिय सुरक्षाको खाँचो महसुस गर्दै अनिवार्य सैनिक सेवाको व्यवस्था गरिएको थियो । नेपालमा पछिल्लो समय बेरोजगारी गरिबी पछौटेपना समाज ग्रसित छ । सीमा विवाद, राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य सैनिक सेवालाई पञ्चशीलको सिद्दान्त अनुकूल राष्ट्रिय हितमा प्रयोग गर्दै अघि बढ्नु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया