सान्ना बन्ने भइन् विश्वकै कान्छी प्रधानमन्त्री
समाधान संवाददाता
२०७६ मंसिर २३ गते १५:५२

एजेन्सी
फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन प्रधानमन्त्री हुने भएकी छन्।
सामाजिक लोकतान्त्रिक पार्टीबाट चुनिएकी मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न लागेकी हुन्।
प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै मरिनले यही साता सपथ ग्रहण गर्नेछन्। फिनल्याण्डमा पाँच दलको गठबन्धनमा सरकार गठन हुन लागेको हो।
मरिनको नेतृत्वमा बन्ने गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि हुनेछन्। हुलाक सेवाको आन्दोलनलाई राम्ररी नसम्हालेपछि रिन्नेमाथि अविश्वासको मत पारित भएको थियो।
पत्रकारसँग बोल्दै भने,‘विश्वास जित्न हामीले धेरै काम गर्न पर्नेछ।’ युक्रेनमा अहिले ३५ वर्षका ओलेक्सी होन्चरुक प्रधानमन्त्री छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ३९ वर्षकी हुन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया