न्युजिल्यान्ड पठाउन लागिएको लागु औषध बनाउने रसायनसहित चिनिया पक्राउ

समाधान संवाददाता
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध बनाउने रसायन इफेड्रिनसहित चाइनिज नागरिकलाई पक्रेको छ । राहदानी नम्बर इ ७३९०५८३७ वाहक ३१ वर्षीय जन्ग चाओलाई काठमाडौं १६ बाट शुक्रबार पक्राउ गरिएको हो ।
चाओलाई कार्गोबाट पक्राउ गरिएको लागुऔषध ब्युरोका निमित्त कार्यालय प्रमुख एसपी वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । न्युजिल्यान्ड पठाउन भनी चीनबाट ल्याएको नीलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेका १० वटा काठका फ्रेममा इफेड्रिन फेला परेको हो ।
शंका लागि चेक गर्ने क्रममा फ्रेममा फल्स बटम बनाइ लुकाइ राखिएको पदार्थ फेला परेको बस्यालले बताए । इफेड्रिन चाओले चीनबाट नेपाली २ लाख २५ हजार रुपैयाँमा किनेको प्रहरीलाई बयान दिएका छन् । त्यो इफेड्रिन न्युजरल्याडमा नेपाली ५० लाख रुपैयाँ बेच्ने तयारी भएको प्रहरीलाई चाओले बयान दिएका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया