उपल्लो मुस्ताङी युवाको चित्रकला प्रर्दशनी गर्ने

समाधान संवाददाता २०७६ मंसिर २४ गते १४:२५

थान्का पेन्टिङ गर्दै छोसेरका युवा छिरिङ फोन्जो । तस्विरः एसके थकाली

एसके थकाली, जोमसोम

नेपाल सरकारले घोषणा गरेको आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई सफल पुर्‍याउने उद्देश्यले उपल्लो मुस्ताङी युवा छिरिङ फोन्जो गुरुङले एकल चित्रकला प्रर्दशनी गर्ने भएका छन् । आगामी पुस ९ गते देखि ११ गते सम्म पोखरा लेकसाईड स्थित होटल बाराहीमा चित्रकला प्रर्दशनी गर्ने उनको तैयारी चलेको छ ।

Advertisement

चित्रकलाका लागि उनले तयारी पारेका चित्रकला संम्वन्धि सृजनाहरु एकत्रितक गर्न थालेका छन् । ३ दिन सम्म उनले बिशेष चित्रकला प्रर्दशनी गर्ने योजना बनाएका हुन् भने अन्य समयमा पनि चित्रकला प्रर्दशनी रहिरहने उनले जानकारी दिए । उनका अनुसार पुस ९ गते दिउसो २ बजे एक भब्य समारोहमा चित्रकलाको सुभाररम्भ हुने छ । प्रर्दशनीको दोश्रो र तेश्रो दिन बिहान १० बजे देखि साझ ६ बजे सम्म चित्रकला अवलोकन गर्नसक्ने समय मिलाएका छन् । चित्रकलाबाटै संस्कृतिको संरक्षण र पर्यटन प्रर्वद्धनमा योगदान गर्न सकिने उद्देश्यले चित्रकला तर्फ अभिप्रेरित भएको उनले बताए । उनको चित्रकला प्रर्दशनीमा मुस्ताङका रमणीय भुगोलहरुको तस्विर, धर्मसंस्कृति र अन्य कलात्मक सृजना हुने प्रस्तुत हुने चित्रकार छिरिङ फोन्जोको भनाई छ । गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा विदेशी पर्यटकको प्रमुख गन्तब्य भएकाले लेक साईडलाई ठाउ रोजेको उल्लेख गरे ।

हिमाली जिल्लाको दुरदराजको गाउ उपल्लो मुस्ताङको छोसेरमा जन्मिएका छिरिङले चित्रकारितालाई आयश्रोतको माध्यम बनाएका छन् । उपल्लो मुस्ताङमा शिक्षा, स्वास्थ्य, यातायात, संञ्चार र विद्युतको पहुच नपुग्दा उनी सानै उमेरका थिए । कक्षा ५ सम्म अध्ययन पूरा गरी अधुरै छाडेका उनको सोच चित्रकारीता तर्फ मोडिएको उनी बताउछन् । चित्रकारीता तर्फ अग्रसर छिरिङ अहिले ३८ वर्ष पुगेका छन् । सानै उमेरमा लाक्पा लामाका शिष्य बनेका उनले लाक्पा लामाबाटै गाउमै थान्का पेन्टिङ संम्वन्धि ज्ञान हासिल गरे । उनले काठमान्डौंको स्कुल अफ तिब्बतीयन थान्का प्रशिक्षण केन्द्रमा भर्ना भई सिगात्सेका थान्का प्रशिक्षक तेन्जिङ निङ्गो संग कोर्श पूरा गरे । त्यहा २ वर्ष पढेर एडभान्स तालिम पूरा गरेको उनी बताउछन् । यसपछि उनले काठमान्डौकै बौद्धमा ल्याण्ड स्केप प्रशिक्षक पुष्प आले र रुपक राईबाट ३ बर्षिय ल्याण्ड स्केप कोर्श पूरा गरे । अहिले उनी चित्रकारिता, पेन्टिङ र ल्याण्ड स्केपमा पोख्त बनेका छन् । दृष्य नियालेर सहजै चित्र कोर्ने ,प्राकृतिक दृष्यको जस्ताको त्यस्तै हुबहु उतार्न सक्ने युवा छिरिङ उपल्लो मुस्ताङका सृजनात्मक गहना हुन् ।

Advertisement

चित्रकार छिरिङले यसअघि उपल्लो मुस्ताङमा जीर्ण भईसकेका थुक्तेन, गम्बा, मठमन्दिरको पूननिर्माण तर सजावटमा योगदान दिईसकेका छन् । उनले ईटालियन भित्ते चित्रकार लुईजी फिएनी संग मिलेर पूरातात्तिक महत्वको बस्तुहरुमा पेन्टिङ भर्ने काम पूरा गरेको छिरिङले उल्लेख गरे । उनी राष्ट्रिय चित्रकला प्रर्दशनीमा ३ पटक सहभागी भईसकेका छन् । उनले आउटडोर, ईनडोर, थान्का पेन्टिङ र फर्निचर लगायतमा आर्कषण बुट्टा भर्ने काम गर्छन् । उनका अनुसार आफुले तयार पारेका सृजनाहरु विदेशी पर्यटकले मन पराउने गरेको जनाए । उनको एउटै चित्र विदेशीले ४० देखि ५० हजार सम्म खरिद गर्ने गरेको उल्लेख गरे । चित्रकारीबाटै पनि सजिलै जिविकोपार्जन गर्न सकिने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया