२२ अर्बकाे लागतमा ५ वर्षभित्र मुग्लिन–पोखरा सडक बन्ने सम्झाैता

समाधान संवाददाता
पोखरा
एसियाली विकास बैंक (एडिबी) ले बैंकले पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नतिका लागि नेपाल सरकारसँग सम्झौता गरेको छ । २२ अर्ब ३५ करोड रुपैयाँ लागतमा ५ वर्षभित्र काम सक्ने गरी अर्थ मन्त्रालयसँग मंगलबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा एडिबी बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई ४ लेन विस्तारमा उपयोग गरिनेछ ।
मुग्लिन–पोखरा खण्ड सन् २०२५ सम्म निर्माण सम्पन्न हुनेछ । नेपाल सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्ड पनि मर्मत हुनेछ ।
मुग्लिन पोखरा सडक खण्डमा दैनिक ७ हजार ४ सय गाडी आवतजावत गर्छन् । अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा यातायात असहज भएको छ ।
सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाइने बैंकले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
२० किलोमिटर सडक बजार क्षेत्रमा पर्छ । मुग्लिन–पोखरा सडक खण्डमा पर्ने आँबुखैरेनी, विमलनगर, डुम्रै हुँदै पोखरासम्मका १३ ठाउँका घर व्यवस्थापन गर्नुपर्ने अध्ययनले देखिएको छ । १३ सहरका ८ सय ६० घर विस्थापित हुनेछन् भने ३ हजारभन्दा बढी बिजुलीका पोल हटाउनु पर्नेछ ।
विस्थापित हुने घरलाई क्षतिपूर्तिसहित हटाइनेछ । यो बीचमा ३ सय ५० रुख काट्नुपर्ने छ । बिजुलीका पोल सार्न पनि समस्या आउन सक्छ । गण्डकी प्रदेश सरकारको विशेष सहयोग आवश्यक पर्ने आयोजनाले जनाएको छ ।
यसबीचमा ६२ वटा पाइप कल्भर्ट, २ सय ३० वटा स्ल्याब कल्भर्ट, ८ वटा साना, ठूला पुल र ३१ वटा सामान्य पुल रहने छन् । सबैभन्दा ठूलो मादी नदीमा ३ सय १५ मिटर र सेती नदीमा १ सय ८० मिटर लम्बाइका ४ लेनका पुल बन्नेछन् । मुख्य सडक डिजाइनको काम एडिबीले नै गर्नेछ ।
मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजना पर्छ । जसका कारण सडक फराकिलो बनाउन समस्या पर्ने भएकाले मस्र्याङ्दीको वारि–पारि २÷२ लेनको सडक निर्माण गरिनेछ ।
मुग्लिङ–आँबुखैरनी खण्डमा मस्र्याङ्दी नदी किनार अहिले भइरहेको सडक २ लेन र नदीको अर्को किनार गोरखा क्षेत्रमा २ लेनको सडक निर्माण गर्न अध्ययन भइरहेको छ । विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ । १ लेन साढे ३ मिटर चाक्लो हुन्छ । मुख्य सडकको बीचमा डिभाइडर राखिने छ ।
मुग्लिन–पोखरासहित ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको हो ।
मुग्लिन–पोखरा सडक विस्तार गर्न ठूलो मात्रामा चाहिने ढुंगा, गिटी, बालुवा आसपासकै नदीबाट निकालिनेछ । ग्राभेल गर्न १८ लाख घनमिटर, सडकको बेस निर्माण गर्न ९ लाख घनमिटर, ९३ हजार घनमिटर अरु कामका लागि ढुंगा, गिटी बालुवा चाहिने अनुमान छ ।
मुग्लिन–पोखरासहित ४ वटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको हो ।
खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित वागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप ७ अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि ५ अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन ५ अर्ब ६५ करोड रुपैयाँ प्रदान गर्नेछ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया