पिपिएल खेल तालिका सार्वजानिक

समाधान संवाददाता २०७६ मंसिर २६ गते १३:२८
Official logo of Pokhara Premier League. Courtesy: Queens Event Management Nepal

समाधान संवाददाता
पोखरा

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) पोखरामा मंसिर २८ गतेबाट सुरु हुँदैछ । जसको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ । तयारी पूरा भएसँगै पिपिएल खेल तालिका सार्वजनिक भएको छ ।

उद्घाटन खेल भेषवाकरको कप्तानी रहेको पोखरा पल्टन र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोलडेन्स वारियार्सबीच हुने आयोजक जानकारी दिएको छ ।

Advertisement

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानीमा रहने चितवन राइनोज, नेपाली राष्ट्रिय टोलीका कप्तानले नेतृत्व गर्ने काठमाडौं गोल्डन वारियार्स, दीपेन्द्र सिंह ऐरीको कप्तानीमा एक्सपर्ट धनगढी ब्लुज, सोमपाल कामीको नेतृत्वमा बुटवल ब्लास्टर र प्रदीपसिंह ऐरीको कप्तानीमा रहेको विराटनगर टाइटान्सबीच खेल हुनेछ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने पिपिएलमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । लामाले सम्पूर्ण तयारी पूरा भइसकेको र पोखरेली दर्शकले पिपिएललाई गत वर्ष जस्तै साथ दिने अपेक्षा गरे । पिपिएलका दर्शकका लागि आवश्यक सिटसहित प्यारापिटसमेत बनाउने योजना छ । सहभागी टिमले नेपालका राष्ट्रिय स्तरका खेलाडीसँगै निश्चित संख्यामा विदेशी खेलाडीलाई पनि अनुबन्ध गर्न सक्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया