जमैकाकी टोनी बनिन् मिस वर्ल्ड २०१९

समाधान संवाददाता २०७६ मंसिर २९ गते १२:००

समाधान संवाददाता

यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टाेनी एनले जीतेकी छिन् ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरुलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान सुनिश्चित गरेकी हुन् । दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन् ।

Advertisement

मिस वर्ल्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् ।

नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितिन् ।

Advertisement

तपाईको प्रतिक्रिया