पोखरा बहुमुखी क्याम्पसमा नरेन्द्र

समाधान संवाददाता २०७६ मंसिर २९ गते १३:५८

समाधान संवाददाता, पाेखरा

पोखरा ९ नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पस सञ्चालन समितिको अध्यक्षमा नरेन्द्र लालचन निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले आगामी ३ वर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । यो पोखराकै पुरानो सामुदायिक क्याम्पस हो ।

अधिवेशनले ५ सदस्य निर्विरोध चयन गरेको छ । संरक्षण सदस्यमा भीम गौतम, महिला सदस्यमा कुमारी मुना बाँस्तोला चुनिएका छन् । सुजन पराजुली, रवीन्द्र माकाजु र शंकर गुरुङ पनि सदस्यमा चुनिएका छन् । शनिबार निर्वाचित सदस्यमध्येबाट उपाध्यक्ष र कोषाध्यक्ष मनोनित हुनेछन् ।

Advertisement

सञ्चालक समितिको अध्यक्षका लागि २ जनाले उम्मदेवारी दिएपछि निर्वाचन भएको थियो । अध्यक्षमा लालचन र जगत केसीले उम्मेदवार थिए । ८७ मत खसेकोमा मतदानमा लालचनले ६४ मत पाएका थिए । केसीले १९ मत पाए । ४ मत बदर भएको थियो ।

क्याम्पसका संरक्षक, विशिष्ट आजीवन र आजीवन सदस्यले मतदान गरेको सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारीले बताए । केसी अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए ।

Advertisement

निर्वाचित भएपछि अध्यक्ष लालचनले सामुदायिक क्याम्पसलाई सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बढाउन सक्दो मेहनत गर्ने बताए । सामुदायिक क्याम्पसलाई समुदायको मायाको खाँचो रहेको उनले बताए । क्याम्पसमा अहिले स्नातक तहमा अध्ययापन हुन्छ ।

तपाईको प्रतिक्रिया