पोखरा बहुमुखी क्याम्पसमा नरेन्द्र

समाधान संवाददाता, पाेखरा
पोखरा ९ नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पस सञ्चालन समितिको अध्यक्षमा नरेन्द्र लालचन निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले आगामी ३ वर्षका लागि लालचन नेतृत्वमा ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । यो पोखराकै पुरानो सामुदायिक क्याम्पस हो ।
अधिवेशनले ५ सदस्य निर्विरोध चयन गरेको छ । संरक्षण सदस्यमा भीम गौतम, महिला सदस्यमा कुमारी मुना बाँस्तोला चुनिएका छन् । सुजन पराजुली, रवीन्द्र माकाजु र शंकर गुरुङ पनि सदस्यमा चुनिएका छन् । शनिबार निर्वाचित सदस्यमध्येबाट उपाध्यक्ष र कोषाध्यक्ष मनोनित हुनेछन् ।
सञ्चालक समितिको अध्यक्षका लागि २ जनाले उम्मदेवारी दिएपछि निर्वाचन भएको थियो । अध्यक्षमा लालचन र जगत केसीले उम्मेदवार थिए । ८७ मत खसेकोमा मतदानमा लालचनले ६४ मत पाएका थिए । केसीले १९ मत पाए । ४ मत बदर भएको थियो ।
क्याम्पसका संरक्षक, विशिष्ट आजीवन र आजीवन सदस्यले मतदान गरेको सहायक क्याम्पस प्रमुख अनुपमणि अधिकारीले बताए । केसी अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए ।
निर्वाचित भएपछि अध्यक्ष लालचनले सामुदायिक क्याम्पसलाई सुविधासम्पन्न बनाउँदै शैक्षिक गुणस्तर बढाउन सक्दो मेहनत गर्ने बताए । सामुदायिक क्याम्पसलाई समुदायको मायाको खाँचो रहेको उनले बताए । क्याम्पसमा अहिले स्नातक तहमा अध्ययापन हुन्छ ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया