सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ६ को सनाखत

समाधान संवाददाता, काठमाडाैं
सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो ।
उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिएका छन् ।
घटनामा मृत्यु हुने ६ जनाको मात्रै सनाखत भएको छ ।
सिन्धुपालचोक जुगल गाउँपालिका-७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र ७ वर्षीय सबिना तामाङको मृत्यु भएको छ भने दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र वर्ष २८ की मञ्जु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका-५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको हो ।
खनालका अनुसार ४ जना घाइतेकाे अवस्था अझै गम्भीर रहेका छन् ।
सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा ६, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ । बाँकी ७ घाइतेलाई हेम्स अस्पतालमा लगिँदै गरेको प्रहरी इन्स्पेक्टर खनालले जानकारी दिए ।








विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
पुष्प सदन एकेडेमीको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया