सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १५ पुग्यो, ६ को सनाखत

समाधान संवाददाता २०७६ मंसिर २९ गते १६:२९

समाधान संवाददाता, काठमाडाैं

सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

दोलखा जिल्लाको कालीञ्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कंदै गरेको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो ।

Advertisement

उक्त दुर्घटनामा १७ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्स्पेक्टर गणेश खनालले जानकारी दिएका छन् ।

घटनामा मृत्यु हुने ६ जनाको मात्रै सनाखत भएको छ ।

Advertisement

सिन्धुपालचोक जुगल गाउँपालिका-७ का अन्दाजी २७ वर्षका सुक बहादुर तामाङ र ७ वर्षीय सबिना तामाङको मृत्यु भएको छ भने दोलखाको भिमेश्वर नगरपालिकाकी अन्दाजी ३७ वर्षीय जुनु माया तामाङ र वर्ष २८ की मञ्जु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, रामेछापको उमाकुण्ड गाउँपालिका-५ अन्दाजी २८ मेहेश तामाङ र भक्तपुर सूर्यविनायक नगरपालिका-८ का वर्ष ३२ का चिनु बस्नेतको मृत्यु भएको हो ।

खनालका अनुसार ४ जना घाइतेकाे अवस्था अझै गम्भीर रहेका छन् ।

सिन्दु सदाबहार अस्पतालमा एक जना, धुलिखेल अस्पतालमा दुई जना, हेम्स अस्पतालमा ६, काठमाडौं मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको छ । बाँकी ७ घाइतेलाई हेम्स अस्पतालमा लगिँदै गरेको प्रहरी इन्स्पेक्टर खनालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया