पाेखरामा वाइज मन्कीकाे फेसन साे

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:३६

समाधान संवाददाता, पाेखरा

पोखरामा शुक्रबार द फेसन सो हुने भएको छ । वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको फेसन सोमा पोखरा र काठमाडौंका डेढ दर्जन मोडल सहभागी हुने फेसन सो संयोजक रविन पराजुलीले बताए ।

सोका आकर्षणमा मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा, मोडेल सविता कार्की र सृजना रेग्मी छन् । उनीहरुलाई पोखराका मोडेलहरु काशु गुरुङ, सिम्रन गौचन, सिम्रन क्षेत्री, सवनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अक्स्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबकले साथ दिने छन् । पुरुष मोडेलमा नवीन लिम्बु, हिंमाशु टिबी राना, तोर्डन मगर, इशान गुरुङ र जेनिथ गुरुङ छन् ।

Advertisement

उनीहरुले काठमाडांैका २ तथा पोखराका २ डिजाइनरले तयार पारेका पोशाकमा ¥याम्प वक गर्ने छन् । डिजाइनरहरु तेन्जिन भुटिया, मनिष राई, रचयिता माकाजु र सन्देशा राईले सोका पोशाक डिजाइन गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया