जुनियर फुटसल कप आयोजकलाई

समाधान संवाददाता २०७६ मंसिर ३० गते १२:४६

समाधान संवाददाता
लेखनाथ

लेखनाथ जुनियर जेसीजले अयोजना गरेको दोस्रो लेखनाथ जुनियर जेसिज फुटसल कप सम्पन्न भएको छ । ८ वटा क्लबलाई पछि पार्दै आयोजक विजेता बन्न सफल भएको छ । फाइनल खेलमा रोटयाक्ट क्लब अफ पोखरा लेकसाइडलाई ३–१ गेलले पराजित गर्दै आयोजक उपाधि हात पार्न सफल भएको हो ।

विजेता जुनियर जेसिजले नगद १२ हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता भएको रोट¥याक्ट क्लब अफ पोखरा लेकसाइडले नगद ७ हजार, ट्रफी, मेडल, र प्रमाण पत्र प्राप्त गरेको छ ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले मानिस स्वास्थ्य रहन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । लेखनाथ जुनियर जेसीजका अध्यक्ष सर्वेन्द्र न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । ५ ए साइड फुटसल प्रतियोगितामा लेखनाथ जुनियर जेसीजका सदस्य सजिना पौडेलले स्वागत गरेकी थिइन् । लेखनाथ जुनियर जेसीजका सदस्य प्रभात न्यौपानेले कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक जय ओझाले जानकारी दिएका छन् । लेखनाथ जेसिजका अध्यक्ष रोशन अधिकारी, एसियन लाइफ इन्सुरेन्सका प्रमुख बद्रीनाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । लेखनाथ जेसीज र काइक स्पोर्टस प्रालिको विशेष सहयोगमा कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया