पाेखरामा एपोलो टायरको सोरुम

समाधान संवाददाता २०७६ मंसिर ३० गते १३:४८

समाधान संवाददाता, पाेखरा

पोखरामा एपोलो ब्रान्डाका मोटरसाइकलका टायरको सोरुम खुलेको छ । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सोरुम उद्घाटन गरे । गण्डकी धौलागिरीका लागि एपोलो मोटरसाइकल टायर बिक्री वितरणको जिम्मा ताज नेपाल इन्टरनेसनल प्रालिले लिएको छ ।

नेपालका लागि एपोलो टायर शुभश्री प्रालिले आयात गर्दै आएको छ । डिजिटल डिजाइनमा रहेको र नेपालमा भित्रिने सबै मोटरसाइकल, स्कुटर र ३ पांग्रे सवारीका साइजमा एपोलो उपलब्ध रहेको ताजका प्रबन्ध निर्देशक ज्ञानहरि आचार्यले बताए । कम्पनीले स्टिल बेल्टेड अल्फा टायर पनि बजारमा ल्याएको छ ।

Advertisement

ताज नेपाल इन्टरनेसनल प्रालिका अध्यक्ष शिवशंकर शाहको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका सदस्य दिनेशचन्द्र बास्तोला, शुभश्री नेपालका प्रबन्ध निर्देशक गोबिन्द शाह, कम्पनीका निर्देशकद्वय नवीन अग्रवाल र अशोककुमार कार्कीले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया