विद्या भट्टराईको सपथ आज

समाधान संवाददाता २०७६ पुष १ गते १२:२४

समाधान संवाददाता, काठमाडाैं

कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ लिने छन्।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाउने तय भएको छ।

Advertisement

भट्टराईलाई उपसभामुख तुम्बाहाङ्फेले सपथ खुवाउने विषयमा भने विवाद देखिएको छ।

कतिपयले सभामुख नभएको बेला उपसभामुखले बैठकको अध्यक्षता गर्न मिल्ने भए पनि सपथ खुवाउन भने नमिल्ने बताएका छन्।

Advertisement

‘उपसभामुखले सभामुख नहुँदा बैठकको अध्यक्षता गर्न मिल्छ तर निर्वाचितलाई सपथ खुवाउन भने सिद्धान्त: मिल्दैन,’ वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले भने।

तपाईको प्रतिक्रिया