‘क्वाड’ बाइक चित्लाङमै चढ्न पाइने

समाधान संवाददाता २०७६ पुष १ गते १४:०८

समाधान संवाददाता, काठमाडाैं

दुबई, साउदी अरबलगायत मुलुकमा मरुभुमिमा चलाइने लोकप्रिय ‘क्वाड’ बाइक अब नेपालमै सयर गर्न पाइने भएको छ।

चित्लाङ रिसोर्टको भगिनी कम्पनी एड्भेन्चर गियर प्रालिले ५ ओटा ‘क्वाड’ बाइक सञ्चालनमा ल्याएको छ।

Advertisement

एड्भेन्चर गियरले ‘क्वाड’ बाइकको लागि रिसोर्ट पछाडि छुट्टै ३ किलोमिटरको रुट बनाएको रिसोर्ट सञ्चालक देवेन्द्र नेपालले जानकारी दिए।

‘३ किलो मिटरको रुट छ। जाने/आउने गरेर ६ किलोमिटर बाइकमा सयर गर्न पाइन्छ। बीच–बीचमा फोटो खिच्ने, रमाइलो गर्ने ठाउँ पनि बनाएका छौं,’ नेपालले भने।

Advertisement

२ जनासम्म चढ्न मिल्ने उक्त बाइक सयर गर्न चाहनेले २ जनाको ४ हजार र १ जना मात्रै चढेमा ३ हजार शुल्क तिर्नुपर्छ।

सामान्य मोटरसाइकल चलाउन सक्नेलाई यो बाइक चलाउन खासै गाह्रो नहुने उनले बताए।

चित्लाङ आउने पर्यटकहरूलाई केही नयाँपन दिने उद्देश्यले झण्डै ७५ लाख खर्चिएर ५ ओटा ‘क्वाड’ बाइक ल्याइएको नेपालले जानकारी दिए।

‘यहाँ आउने पर्यटकलाई हामी एड्भेन्चरस अनुभव गराउन चाहन्छौं। अब मिनी बन्जी, जीपलाइन लगायतको पनि हामी तयारी गरिरहेका छौं,’उनले भने।

तपाईको प्रतिक्रिया