रहेनन् ‘कान्छी’ सिनेमाका हास्य अभिनेता आनन्द थापा

समाधान संवाददाता २०७६ पुष २ गते १२:१४

समाधान संवाददाता, काठमाडाैं

पुराना हास्य अभिनेता आनन्द थापाको मंगलबार राती निधन भएको छ। उनको ८० वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।

उनले ‘मनको बाँध’, ‘कान्छी’ लगायत थुप्रै टलिफिल्महरूमा अभिनय गरेका छन्।

२०४१ सालमा रिलिज भएको ‘कान्छी’ सिनेमामा समाविष्ट ‘फरियालाई भूंईंमा लतारी…’ बोलको गीतले उनलाई चर्चा दिलाएको थियो।

उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १२ बजेसम्म पशुपतिस्थित आर्यघाटमा राखिएको छ।

तपाईको प्रतिक्रिया