पोखरामा दुई हेलिकप्टरको आकस्मिक अवतरण

समाधान संवाददाता २०७६ पुष २ गते १३:४०

रासस, पाेखरा

पोखरामा दुई हेलिकप्टरलाई खेल मैदानमा आकस्मिक अवतरण गराइएको छ।

पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको हो।

Advertisement

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो। ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ।

‘मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले भने। मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन्।

Advertisement

तपाईको प्रतिक्रिया