स्नो लियोपार्ड पर्यटनसंग जोड्न होमस्टे

समाधान संवाददाता २०७६ पुष २ गते १५:५६

मुस्ताङको झोङ, पटाक र छेङ्गुर लेकमा हिउँ चितुवा बेसको अध्ययन गर्दे वन्यजन्तु बिज्ञ बिक्रम श्रेष्ठ सहित स्थानीयबासी ।

एसके थकाली, जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा–२ अन्र्तगत पर्ने झोङ ,पुटाक र छेङ्गुर गाउँमा स्नो लियोपार्ड पर्यटनसंग जोड्नेगरी सामुदायिक होमस्टे संञ्चालन गरिने भएको छ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोम र प्राकृतिक श्रोत व्यवस्थापन फोनारेमद्धारा सोमबार आयोजित संयुक्त कार्यक्रममा स्नो लियोपार्ड पर्यटन लक्षित होमस्टे तैयारी उपसमिति गठन तथा स्नो लियोपार्ड सचेतीकरण अन्तरक्रियामा भएको हो ।

Advertisement

संरक्षणक्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम खाण्डो गुरुङको अध्यक्षतामा भएको व्यवसायिक होमस्टे तालिम तथा स्नो लियोपार्ड बेसमा आधारित ईको पर्यटन प्रर्वद्धन कार्यक्रममा वन्यजन्तु बिज्ञ बिक्रम श्रेष्ठ र एक्यापकी पर्यटन सहायक लालदेबी गुरुङको उपस्थितीमा होमस्टे उपसमिति गठन भएको हो । नोरु गुरुङको संयोजकत्वमा १३ सदस्य होमस्टे उपसमिति गठन भएको पर्यटन सहायक लालदेबी गुरुङले जानकारी दिईन् । उनका अनुसार समितिको सचिव गमबहादुर गुरुङ र कोषाध्यक्ष शेरबहादुर गुरुङ छन् । सदस्यहरुमा छुक्की गुरुङ ,ढोल्मा गुरुङ पाल्साङ म्होन्दो गुरुङ ,ल्हाक्पा आङ्मो गुरुङ,चान्के गुरुङ ,ग्याचो गुरुङ ,करसाङ्मो गुरुङ ,कमल गुरुङ ,धोर्जे गुरुङ र पेमा ढोमा गुरुङ रहेका छन् ।

एक्यापकै सहयोगी स्थानीय स्तरको संस्था संरक्षण व्यवस्थापन समितिकै स्वामित्वमा रहने गरी व्यवसायिक होमस्टे तालिम तथा स्नो लियोपार्ड बेसमा आधारित ईको पर्यटन प्रर्वद्धनका लागि होमस्टे संञ्चालन तैयारी भएको होमस्टे उपसमिति संयोजक सोनाम खाण्डो गुरुङले जानकारी दिए । उनका अनुसार केही महिना भित्रै होमस्टे एक्याप र स्थानीय तहमा दर्ता प्रक्रिया अघि बढाईने बताए । व्यवसायिक होमस्टे तालिम तथा स्नो लियोपार्ड बेसमा आधारित ईको पर्यटन प्रर्वद्धन कार्यक्रममा पर्यटन सहायक लालदेबी पुनले होमस्टे संञ्चालन संम्वन्धित जानकारी दिईन् । उनले खनिज तथा जैविक विविधताले धनी हिमाली जिल्ला मुस्ताङलाई व्यवसायिक होमस्टेले स्थानीयको जिवनस्तर उकास्न महत्वपूर्ण भुमिका निभाउने दाबी गरिन् । यस्तै ,वन्यजन्तु बिज्ञ बिक्रम श्रेष्ठले विश्वमै दुर्लभ मानिएको सुन्दर हिउँ चितुवा नेपालकै प्रतिमा भएको बताए । उनका अनुसार हिमाली तथा उच्चपहाडी भेकको स्वस्थ्य वातावरण सूचक मानिने हिउँ चितुवाको संरक्षणले स्वतः अन्य वन्यजन्तु र संम्पूर्ण जैविक विविधताको संरक्षणसंगै पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउने वन्यजन्तु बिज्ञ श्रेष्ठको भनाई छ ।

Advertisement

यसअघि वन्यजन्तु बिज्ञ श्रेष्ठको नेतृत्वमा एक्याप ,संरक्षण व्यवस्थापन समिति र होमस्टे उपसमितिका सदस्यहरुले स्नोलियोपार्ड क्रियाकलाप संम्वन्धि फिल्ड अध्ययन गरेको थियो । वारागुङ –२ झोङ खर्कमा गरिएको फिल्ड अवलोकनमा हिमालकी रानी हिउँचितुवा संम्वन्धि क्रियाकलापहरु भेटिएको थियो । सेताम्मे हिउँले भरिएको खर्कमा हिउँ चितुवाले आउजाउ गरेको डोब हिउँ चितुवाको दिशा र पिसाब लगायतका बस्तु भेटिएको श्रेष्ठले उल्लेख गरे । जैविक विविधतामा योगदान दिने हिउँ चितुवा लगायतका वन्यजन्तु संरक्षण गर्नसके ईको पर्यटनमा सहयोग पुग्ने एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए ।

वारागुङ–२ को झोङ ,पुटाक र छेङ्गुर गाउँमा कच्ची सडकले जोडिएपनि स्थानीयले पर्यटन व्यवसायमा कुनै आर्थिक लाभ लिन सकेका छैनन । यी गाउँको मुक्तिनाथ खोलाको दक्षिण पारीपट्टी मुक्तिनाथ जाने कालोपत्रे सडक भएकाले पर्यटकीय हिसाबले ओझेल परेको स्थानीय ग्याचो गुरुङले दुखेसो सुनाए । उनका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटक कालोपत्रे सडक हुँदै मुक्तिनाथ जाने भएकाले गाउ ओझेल परेको उनको भनाई थियो ।

समुन्द्री सतहको ३ हजार मिटर देखि ६ हजार मिटर अग्लो उचाईमा हिउ चितुवाको बासस्थान रहने गर्छ । हिउ चितुवा क्रियाकलापको गतिविधि हेर्न आएका पर्यटकलाई सुविधा दिलाउने उद्देश्यले होमस्टे तैयारी गरिएको उपसमितिले जनाएको छ । हिउँ चितुवामा बिद्यावारिधि गरेका वन्यजन्तु बिज्ञ बिक्रम श्रेष्ठले ३ वर्षअघि मुस्ताङको ठिनी र छुसाङ अनि मनाङको खाङसार ,याकखर्क र तिलिचो लगायतका लेकमा क्यामेरा ट्याप गरी हिउँ चितुवाको अध्ययन गरेका थिए ।

तपाईको प्रतिक्रिया