स्याङ्जा महोत्सव भोलिबाट

समाधान संवाददाता २०७६ पुष ३ गते १३:२८

समाधान संवाददाता
स्याङ्जा

स्याङ्जा महोत्सवको छैटौं संस्करण शुक्रबारबाट सुरु हुँदै छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आँधीखोला किनार मालेबगरमा हुने महोत्सव १६ गतेसम्म चल्नेछ ।

२०६३ सालबाट प्रत्येक २ वर्षमा प्रदेशस्तरीय महोत्सव गर्दै आएको संघ अध्यक्ष विक्रान्तकुमार श्रेष्ठले बताए । महोत्सवमा ८ करोडको व्यापार हुने र ३ लाख ५० हजार आन्तरिक र बाह्यि पर्यटकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

Advertisement

महोत्सवबाट १ करोड १५ लाख १० हजार आम्दानी गर्दै ६५ लाख ५० खर्च गरी बचत रकमलाई स्याङ्जा बजारमा सिसी क्यामेरा जडान जस्ता काममा खर्च गरिने श्रेष्ठले बताए । कृषि र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन, बृहत कृषि प्रदर्शनी, विद्यालय स्तरीय नृुत्य, भलिबल, दोहोरी प्रतियागिता, रत्यौली महोत्सवका आकर्षण रहेको श्रेष्ठले उल्लेख गरे ।

२ सय स्टल राखिएको महोत्सवमा सबै स्टल बुकिङ भइसकेको र २० स्टल कृषि प्रवद्र्धनका लागि निशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा मञ्च, स्टल, बाल उद्यान लगायतका सबै निर्माण भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया