फोटो पत्रकार संघमा प्रदीप

समाधान संवाददाता २०७६ पुष ३ गते १४:०७

समाधान संवाददाता, पाेखरा

नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलबार भएको छैटांै अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष नारायणप्रसाद आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहचिव उमेश पुन र कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठलाई सर्वसम्मत रुपमा चयन गरेको छ । सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भएका छन् । अधिवेशनले सल्लाहाकारमा निर्वतमान अध्यक्ष इन्द्रप्रसाद पौडेल चयन भएका छन् ।

फोटो पत्रकार संघ जनआन्दोलन २०६२÷०६३ को क्रममा अप्ठेरो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठित भएका थिए । फोटो पत्रकार संघले जनआन्दोलनपछि आन्दोलनको वृत्तचित्र, फोटो प्रदर्शनी गरेको थियो । यसअघि फोटो पत्रकार संघमा घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र ईन्द्रप्रसाद पौडेल अध्यक्ष थिए ।

Advertisement

अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । कार्यक्रमको सभा अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । प्रमुख आतिथि फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङ थिए ।

Advertisement

तपाईको प्रतिक्रिया