शुक्रबार हुने द फेसन सो को तयारी पूरा

समाधान संवाददाता २०७६ पुष ४ गते १४:१५

समाधान संवाददाता
पोखरा

Advertisement

पोखरामा शुक्रबार हुने द फेसन सो को तयारी पूरा भएको छ । पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले तयारी पूरा भएको जनाएको हो । कला, संगीत र फेसनमा पोखरा बढाउन फेसन सो को आयोजना गर्न लागेको इभेन्ट म्यानेजर सनिज गुरुङले बताए । ‘पोखरालाई फेसनको सहरका रुपमा चिनाउन हामीले शुक्रबार सो गर्न गर्न लागेका हौं ।’ उनले भने ।

वाइज मन्की इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको फेसन सोमा पोखरा र काठमाडौंका गरी डेढ दर्जन मोडल सहभागी हुनेछन् । कार्यक्रमको प्रमुख आकर्षण मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, नेपाली चलचित्रका नायिका अना शर्मा, सुपर मोडेल सविता कार्की, सिर्जना रेग्मी छन् । उनीहरु यस कार्यक्रममा सो स्टपर रहेको गुरुङले बताए ।

कार्यक्रममा पोखराका मोडेल महिलातर्फ काशु गुरुङ, सिम्रन गौचन, सिम्रन क्षेत्री, सबनम सुनार, अनुपमा बास्तोला, स्वरुपा स्थापित, रोशनी आचार्य, सेहनाज बानु, अस्मी क्षेत्री, कृतिका भुजेल र गंगा ग्याबक छन् । पुरुष मोडेलमा नवीन लिम्बु, हिमांशु टिबी राना, तोर्डन मगर, इशान गुरुङ र जेनिथ गुरुङ छन् ।

मोडलले काठमाडौंका २ तथा पोखराका २ डिजाइनरले तयार पारेको पोसाकमा र्‍याम्प वाक गर्ने छन् । डिजाइनर तेन्जिन भुटिया, मनीष राई, रचयिता माकाजु र सन्देशा राईले पोसाक डिजाइन गरेका हुन् ।

Advertisement

शुक्रबार पौष ४ गते इलेमेन्ट रेस्ट्रो एन्ड बार खहरे लेकसाइडमा कार्यक्रम हुनेछ । साँझ ५ बजेबाट सुरु हुने कार्यक्रमका लागि टिकट दर ३ हजार र २ हजार तोकिएको छ । सोही टिकटमा प्रवेश तथा डिनरको व्यवस्था गरिएको कार्यक्रम संयोजक रविन पराजुलीले बताए । ‘४ वटा सिक्वेन्समा हुने फेसन सो मा आकर्षक नृत्य पनि समेटेका छौं ।’ उनले भने । कार्यक्रममा ४ सय दर्शकको अनुमान गरिएको छ । कार्यक्रमको मुख्य प्रायोजक सुजुकी बर्गम्यान टु ह्विलर्स रहेको छ ।

तपाईको प्रतिक्रिया