डिकाेपाटनमा कार दुर्घटना हुँदा ५ घाइते
समाधान संवाददाता
२०७६ पुष ६ गते १७:११

समाधान संवाददाता, पाेखरा
आईतबार बिहान करिब ४ः४५ बजेको समयमा पोखरा ६ लेकसाइड डिकोपाट्नमा लेकसाइडबाट जिरो कि मि तर्फ गइरहेको ग १च ९६९९ न को कार आफै अनियंत्रित भइ बिधुत को पोलमा ठोकिन जादाँ दुर्घटना भएको छ ।
उक्त दुर्घटनामा कारमा सवार ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा पाेखरा ११ फुलबारीका रेक्स आले, भेष आले, बिनोद शाह, रामबजारका आयुस राना र काठमाडैं बालुवाटार बस्ने किशाेर भण्डारी रहेका छन् । जस मध्ये रेक्स आले र बिनाेद शाहकाे अवस्था गम्भिर रहेकाे छ ।
घाइते ४जनाको उपचार गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको गाडी र गाडीचालक वप्रका बैदामको नियन्त्रणमा छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया