मिस कल्चर नेपालको अडिसन सुरु

समाधान संवाददाता २०७६ पुष ७ गते १३:२१

समाधान संवाददाता, पाेखरा

पुष्पाञ्जली फेसन एन्ड इभेन्टले आयोजना गर्दै आएको मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सकिएको छ । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नारा अघि सार्दै कास्की र आसपासका जिल्लाबाट भाग लिएका प्रतिश्पर्धीबीच अडिसन सकिएको हो । अडिसनबाट १३ जना प्रतियोगी छनोटमा परेका छन् ।

नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्थापित हुँदै गएको फेसन एन्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताइन् । अडिसनबाट छनोट भएकालाई ४५ दिनको प्रशिक्षण पश्चात फाइनल कार्यक्रममा प्रवेश गराइने र विजेतालाई स्कुटरसहित चाँदीको क्राउन प्रदान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया