बगर भाइ खलकलाई फुटबल उपाधि

समाधान संवाददाता २०७६ पुष ७ गते १३:४०

समाधान संवाददाता
पोखरा

हेटौडा भेट्रान्सले आयोजना गरेको पाँचौ हेटौडा भेट्रान्स एट ए साइड फोर्टी प्लस राष्ट्रिय प्रतियोगिता २०७६ उपाधि पोखराको बगर भाइ खलकले जितेको छ । शनिबार भएको फाइनल खेलमा २–० गोल अन्तरले बानेश्वर भेट्रान्स काठमाडौंलाई पराजित गर्दै भाइ खलकले उपाधि सुरक्षित गरेको हो ।

भाइखलकको जितका लागि पहिलो हाफमा राजकुमार तामाङले १गोल गरे भने दोस्रो गोल टिम कप्तान तथा पूर्व राष्ट्रिय खेलाडी ईश्वर गुरुङ (चन्द्र) ले फ्रिकिकमार्फत गरे । उक्त खेलबाट म्यान अफ दि म्याच भाइ खलकका युशफ श्रेष्ठ बने ।

Advertisement

प्रतियोगिताको उपाधिसँगै भाइ खलकले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख १ हजार पायो । उपाविजेता बानेश्वरले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा सर्वाेत्कष्ट खेलाडीको रुपमा भाइ खलकका टिम कप्तान ईश्वर गुरुङ (चन्द्र) ट्रफी र नगद १० हजारबाट पुरस्कृत भए । उत्कृष्ट गोलरक्षकको रुपमा सोही क्लबका लक्ष्मण गुरुङ र उत्कृष्ट फरवार्ड भाइखलककै राजकुमार तामाङ ट्रफी तथा जनही नगद ५ हजारसहित पुरस्कृत बने । प्रतियोगितामा १६ टिमको सहभािगता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया