घलेलमा ल्होसार महोत्सव हुने

समाधान संवाददाता २०७६ पुष ७ गते १३:५२

पुष्पराज चापागाईं
पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा ल्होसारको अवसरमा २१ औं ल्होछार घलेल उत्सव हुने भएको छ । घलेल टोल विकास संस्थाको आयोजना र बौद्ध सृजना युवा क्लबको सहआयोजनामा पुस १५ देखि १९ गतेसम्म उत्सव हुने भएको हो ।

बौद्ध सृजना युवा क्लबको खेल मैदानमा ५ दिन हुने उक्त उत्सवको तयारीका लागि सबै पक्ष लागेको क्लब अध्यक्ष राम गुरुङले बताए । उत्सवमा मुख्य आकर्षणको रुपमा खुला गाउँ स्तरीय पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको छ । प्रौढ (भेट्रान्स) भलिबल (३२ वर्षमाथि), सटफुट छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता, महिला मेच घुमाई प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, सटफुट छेलो प्रतियोगिता (प्रौढ), तथा एकल नृत्य खुल्ला नृत्य लगायतका प्रतियोगिता हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement

पुरुष भलिबलतर्फको विजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्रसहित नगद ७० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले ट्रफी, मेडल, तथा प्रमाणपत्रसहित नगद ४० हजार हात पार्ने छ भने सान्त्वना टिमलाई मेडल, तथा प्रमाणपत्रसहित नगद २५ हजार प्रदान गरिनेछ । महिलातर्फ विजेतो टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद २० हजार र उपविजेता हुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद १० हजार प्रदान गरिनेछ ।

प्रौढतर्फको विजेतालाई ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद १० हजार प्रदान गरिने टोल विकास संस्थाका संयोजक गुप्तबहादुर गुरुङले बताए । उपविजेता टिमलाई ट्रफी, मेडल, तथा प्रमाणपत्रसहित नगद ८ हजार प्रदान गरिनेछ । अन्य प्रतियोगिताका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

Advertisement

क्लबले स्थापना कालदेखि नै सामाजिक कार्यमा अनवरत काम गर्दै आएको उत्सव संयोजक आइबहादुृर गुरुङले बताए । उनले उत्सवले पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पु¥याएको उल्लेख गर्दै नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ को लक्ष्य प्राप्तिमा पनि सहयोग हुने उनले जनाए । विद्यार्थी पत्रकार

तपाईको प्रतिक्रिया