विवाह विना नै रत्यौलीमा नाचे लेखनाथ महाेत्सवका दर्शक

समाधान संवाददाता २०७६ पुष ८ गते १३:००

समाधान संवाददाता, लेखनाथ

बेहुलाले बेहुली लिएर आउने दिनमा महिलाले मात्र मनोरन्जनका लागि खेलिने रत्यौलीलाई लेखनाथ महोत्सवको स्टेजमा सोमबार प्रस्तुत गर्दा महोत्सवमा रौनकता थपियो । पुरुषले हेर्न नहुने भन्ने प्राचिन भनाई रहे पनि महोत्सवको स्टेजमा देखाइएको रत्यौलीमा सबै प्रकारका दर्शकले अभिरुचिका साथ हेरेर पूर्ण मनोरन्जन लिए ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ माघ ११ गतेदेखि सुरु भएको लेखनाथ महोत्सवमा राखिएको रत्यौली गीतले दर्शकको आकर्षण बढाएको हो ।

Advertisement

दशकलाई मनोरन्जन दिने उद्देश्यले राखिएको रत्यौली गीतमा एकातिर जग्गीया र अर्कोतर्फ बेहुला बेहुली नै बनाएर रत्यौली गीतमार्फत् स्टेजमा लुठो सहितको नृत्यले दर्शकको मन जितेको थियो ।

महोत्सवलाई थप रोचर र मनोरन्जन दिने उद्देश्यले राखिएको रत्यौली गीतमा सहभागीता जनाएका १५ सहभागि मध्ये सोमबार नमुना आमा समूह पोखरा २५ र खराने ताजा तरकारी किसान समूहको प्रस्तुती रहेको रत्यौली गीतकी संयोजक मेनुका श्रेष्ठले जानकारी दिइन् ।

Advertisement

महोत्सवको पाचौं दिन विहानदेखि बढेको चिसोलाई कुनै प्रवाह नगरि दिउँसा खुलेको मौसमसँगै दर्शकको चाप बढेको थियो । सोमबार मात्र करिव १ करोड बरावरको कारोबार भएको संघका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । उनले १० हजार दर्शकले सोमबारको मेला अवलोकन गरेको जानकारी दिए । मेलामा हालसम्म १ लाख १० हजार दर्शकले अवलोकन गरेको र ५ करोड ५० लाख बरावरको आर्थिक कारोबार भएको संघका उपमहासचिव तथा प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिए ।

मेलामा सोमबार लोक दोहोरीतर्फ प्रजापति पराजुली, कृष्ण रेउले, चोलेन्द्र पौडेल, प्रदिप त्रिपाठी, सीता केसी, मञ्जु विक, काजल गुरुङ, माया गिरीसहितका चर्चित कलाकारको प्रस्तुती थियो । हास्यतर्फ चक्लेटी र दाह्री बाको प्रस्तुतीसँगै साँझको लाइभ कन्सर्टमा मिस्टर डि, बिन्दु परियार र माया पुन साथमा मोडल डान्स प्रस्तुत भएको थियो ।

यसैगरी महोत्सवमा राखिएको विद्यालय स्तरीय नृत्यमा सोमबार लिटल फ्लावर वोडिङ स्कुल, अमरज्योति गाउँर्फक मावि र लक्ष्मी माविको प्रस्तुती र साथमा स्याङ्जाली तमु समाजको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

तपाईको प्रतिक्रिया