पोखरामा क्यान इन्फोटेक तयारी

समाधान संवाददाता २०७६ पुष ८ गते १३:२५

समाधान संवाददाता
पोखरा

Advertisement

क्यान कास्कीले क्यान इन्फोटेक (सूचना प्रविधि मेला)को तयारी सुरु गरेको छ । वर्षेनि आयोजना हुँदै आएको इन्फोटेकलाई यस वर्ष पनि निरन्तरता दिइएको हो । फागुन १५ देखि १९ गतेसम्म पोखरामा इन्फोटेक हुने क्यान कास्की अध्यक्ष विश्वास भण्डारीले बताए ।

सूचना तथा प्रविधिका क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि इन्फोटेकमा प्रदर्शन गरिने भण्डारीले बताए । ‘सूचना तथा प्रविधिका क्षेत्रमा चासो हुनेहरुका लागि इन्फोटेक महत्वपूर्ण अवसर बन्नेछ,’ उनले भने । यसै क्रममा क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीको संयोजकत्वमा विभिन्न उपसमिति गठन भएका छन् । मूल्यांकन तथा अनुगमनमा इविन्द्रराज तिवारी, संघ, संस्था समन्वयनमा जगनबहादुर गुरुङ, आइसिटी कन्फेरेन्स व्यवस्थापनमा राजेन्द्र शर्मा, अतिथि सत्कारमा गुणानिधि पाण्डे, जिल्ला क्यान समन्वयमा चिन्तामणि बास्तोला, प्रायोजकमा आशीष गुरुङ, उद्घाटन तथा समापनमा चण्डिप्रसाद अर्याल संयोजक चयन भएका छन् ।

प्रचारप्रसारमा सेवक क्षितीज, अर्थ व्यवस्थापनमा विश्वकुमार प्रधान, सचिवालयमा महेन्द्र भुर्तेल, बिजुली व्यवस्थापनमा दामोदर डुम्रे, स्टल निर्माणमा युवराज पौडेल, छपाइ व्यवस्थापन तथा स्थानीय प्रायोजक व्यवस्थापनमा विकास भुर्तेल, इन्स्योरेन्स तथा सेक्युरिटीमा मातृका पोखरेल, आइसिटी म्युजियम व्यवस्थापनमा पुरुषोत्तम कुँवर, मायाको चिनोमा चन्द्रमणि गौतम, अतिरिक्त क्रियाकलपमा दीपकराज गिरी, टिकट व्यवस्थापनमा सुरेश सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको छ ।

जिल्ला स्तरीय टाइपिङ कम्पिटिसन व्यवस्थापनमा दिनेश लामिछाने, कम्प्युटर मर्मत व्यवस्थापनमा कुन्दन मल्लिक, स्कुल स्तरीय हाजिरजवाफ प्रतियोगितामा ईश्वरराज चालिसे, स्वागत व्यवस्थापनमा सवि शेरचन, स्वास्थ्य व्यवस्थापनमा सुनिल पाण्डे, आइसिटी वक्तृत्व प्रतियोगितामा रुद्रनाथ न्यौपानेलाई संयोजकको जिम्मेवारी दिइएकोे प्रचार संयोजक क्षितीजले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया