६७ वर्षीय वृद्ध बेपत्ता, परिवारको खोजीमा सहयोग गरिदिन आग्रह

समाधान संवाददाता २०७६ पुष ८ गते १५:५५

समाधान संवाददाता
पोखरा

स्याङजाका ६७ वर्षीय पूर्णबहादुर रोका पुस ६ गतेदेखि सम्पर्क बाहिर रहेकाले परिवारले खोजी गरिदिन आग्रह गरेको छ । फेदीखोला १ सुर्केटारी घर भई हाल पोखरा २६ बुढीबजार बस्दै आएका रोका दिउँसोको समयमा घरबाटै हराएको परिवारले जनाएको छ ।

‘उहाँको गहुँगोरो वर्ण थियो । मोटो शरीरमा हरियो रङको ज्याकेट र खरानी रङको ट्र्याक लगाउनु भएको थियो,’ उनकी श्रीमति माया रोकाले भनिन्, ‘खुट्टामा केही समस्या भएका कारण खोच्याउँदै हिँड्नुहुन्थ्यो ।’ उनले रोकालाई भेटेमा ९८१६१९२७२, ९८४६०८१३८६, ९८०४१२६२२१, ९८०४१२७०१९ र ९८०६५०२३३७ मा सम्पर्क गरिदिन आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया