‘भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ ’

समाधान संवाददाता
दमौली
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी संघ इकाइले मंगलबार आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको १ इन्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको जमीन फिर्ता ल्याएरै छाड्ने बताए । ‘सीमाको विषयमा छलफल गर्न भारत तयार भएको छ,’ नेता थापाले भने, ‘हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि संघर्ष गर्छ ।’
नेपाललाई सिंगापुर बनाउँछु भनेर नेताले भाषण गरे पनि १ व्यक्तिले चाहेरमात्र नेपाल समृद्ध बन्न नसक्ने थापाले ठोकुवा गरे । ‘नायक, महानायकले देश बनाउन सक्दैनन्, लोकतन्त्रको बाटोेबाट मात्र नेपाल समृद्ध बन्न सक्छ,’ उनले भने ।
तनहुँ कांग्रेसका सभापति बैकुण्ठ न्यौपानेले युवा अध्ययनशील बनेर नेतृत्व विकासतर्फ अघि बढ्नुपर्ने बताए । संघ इकाइ सभापति सुदर्शन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष चूडामणि खनाल, आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष ब्रह्मदत्त तिमिल्सिना लगायतले विद्यार्थीको हकहितका लागि नेपाल विद्यार्थी संघ सधैं क्रियाशील रहने बताए ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया