पूर्वप्रधानमन्त्री माधव नेपाल पोखरा आउने

पुष्पराज चापागाईं
पोखरा
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल पोखरा आउने भएका छन् । स्ववियु चुनावको पूर्वसन्ध्यामा अनेरास्ववियुले नेता नेपाललाई कार्यक्रममा निम्त्याएको हो ।
पृथ्वीनारायण क्याम्पसमा गत ११ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन । नेपालको उपस्थितिले चुनावी माहोल तताउने आयोजक कमिटीका सदस्य विवेक त्रिपाठीले बताए । शनिबार बिहान ८ बजे सुरु हुने कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत हुनेछ । त्यस अवसरमा गायक सिडी विजय अधिकारी, विक्रम बराल, संकाय उत्कृष्ट विद्यार्थी र उत्कृष्ट कर्मचारी तथा शिक्षकलाई सम्मान गरिनेछ । कार्यक्रममा कलाकार तारापति सुवेदी, जीवन दाहाल, सुरेन्द्र गुरुङ, कृष्ण भण्डारी, लक्ष्मी नेपाली, सिडी विजय अधिकारी, विक्रम बराल, राजेन्द्र नेपाली, युवराज भण्डारी तथा बज्रराज अधिकारीको प्रस्तुति रहनेछ ।







कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया