पूर्वप्रधानमन्त्री माधव नेपाल पोखरा आउने

समाधान संवाददाता २०७६ पुष ९ गते १३:०४

पुष्पराज चापागाईं
पोखरा

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले नव आगन्तुक विद्यार्थीको स्वागत कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री माधव नेपाल पोखरा आउने भएका छन् । स्ववियु चुनावको पूर्वसन्ध्यामा अनेरास्ववियुले नेता नेपाललाई कार्यक्रममा निम्त्याएको हो ।

पृथ्वीनारायण क्याम्पसमा गत ११ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन । नेपालको उपस्थितिले चुनावी माहोल तताउने आयोजक कमिटीका सदस्य विवेक त्रिपाठीले बताए । शनिबार बिहान ८ बजे सुरु हुने कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई स्वागत हुनेछ । त्यस अवसरमा गायक सिडी विजय अधिकारी, विक्रम बराल, संकाय उत्कृष्ट विद्यार्थी र उत्कृष्ट कर्मचारी तथा शिक्षकलाई सम्मान गरिनेछ । कार्यक्रममा कलाकार तारापति सुवेदी, जीवन दाहाल, सुरेन्द्र गुरुङ, कृष्ण भण्डारी, लक्ष्मी नेपाली, सिडी विजय अधिकारी, विक्रम बराल, राजेन्द्र नेपाली, युवराज भण्डारी तथा बज्रराज अधिकारीको प्रस्तुति रहनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया