‘शिक्षामा लगानी धेरै हुनुपर्छः मन्त्री पुन

समाधान संवाददाता २०७६ पुष ९ गते १५:०३

आँधीखोला गाउँपालिका १ पंञ्चमुलमा रहेको त्रिशहिद माविको ८९ औ वार्षिकोत्सवमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मन्तव्य राख्दै ।

समाधान संवाददाता, स्याङजा

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकारले बिकासमा भन्दा शिक्षामा धेरै लगानी गर्नुपर्ने बताएकी छन् । आँधीखोला गाउँपालिका १ पञ्चमुलको त्रिशहिद माविको ८९ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुनले उक्त कुरा बताएकी हुन् ।

Advertisement

विकासले एक क्षेत्रमा मात्र टेवा पुर्‍याउने बताउँदै मन्त्री पुनले शिक्षाले हरेक क्षेत्रमा टेवा दिने सुनाइन् । ‘हिजो पढेको शिक्षा प्रमाण पत्रमा सीमित थियो,’ उनले भनिन्, ‘विद्यार्थीहरु एक न एक क्षेत्रमा प्राविधिक हुनुपर्ने आजको समयको आवश्यकता हो ।’

कार्यक्रममा प्रदेश सदस्य मीनप्रसाद गुरुङले शैक्षिक क्षेत्रका हरेक समस्याको गण्डकी प्रदेश सरकाले सामाधान गर्ने सुनाए । कार्यक्रममा प्रदेश सभा सदस्य साबित्री राना, दिलमाया रोका, आधिखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, पवनकाजी अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रधानाध्यापक टेकनाथ खनाल वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लाको सबैभन्दा पुरानो बिद्यालय रहेको त्रिशहिदमा कक्षा ९ देखि प्रविधिक कम्पयुटर विषयसहित कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया