‘शिक्षामा लगानी धेरै हुनुपर्छः मन्त्री पुन

आँधीखोला गाउँपालिका १ पंञ्चमुलमा रहेको त्रिशहिद माविको ८९ औ वार्षिकोत्सवमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन मन्तव्य राख्दै ।
समाधान संवाददाता, स्याङजा
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकारले बिकासमा भन्दा शिक्षामा धेरै लगानी गर्नुपर्ने बताएकी छन् । आँधीखोला गाउँपालिका १ पञ्चमुलको त्रिशहिद माविको ८९ वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुनले उक्त कुरा बताएकी हुन् ।
विकासले एक क्षेत्रमा मात्र टेवा पुर्याउने बताउँदै मन्त्री पुनले शिक्षाले हरेक क्षेत्रमा टेवा दिने सुनाइन् । ‘हिजो पढेको शिक्षा प्रमाण पत्रमा सीमित थियो,’ उनले भनिन्, ‘विद्यार्थीहरु एक न एक क्षेत्रमा प्राविधिक हुनुपर्ने आजको समयको आवश्यकता हो ।’
कार्यक्रममा प्रदेश सदस्य मीनप्रसाद गुरुङले शैक्षिक क्षेत्रका हरेक समस्याको गण्डकी प्रदेश सरकाले सामाधान गर्ने सुनाए । कार्यक्रममा प्रदेश सभा सदस्य साबित्री राना, दिलमाया रोका, आधिखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेल, पवनकाजी अधिकारीले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रधानाध्यापक टेकनाथ खनाल वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लाको सबैभन्दा पुरानो बिद्यालय रहेको त्रिशहिदमा कक्षा ९ देखि प्रविधिक कम्पयुटर विषयसहित कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया