ब्रेक फेलका कारण बस दुर्घटना, २१ घाइते

समाधान संवाददाता २०७६ पुष ९ गते १५:४१
प्रतिकात्मक तस्विर

समाधान संवाददाता, दाङ

 दाङमा यात्रु बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तुल्सिपुरबाट भालुबाङ आउँदै गरेको रा १ ख १४८९ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ को मुसोटखोलाको ओरालोमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धान पत्ता लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मीले जानकारी दिए ।

Advertisement

घाइते मध्ये दुईजनालाई गम्भीर चोट लागेको छ भने अन्य यात्रु सामान्य रहेको प्रहरी जनाएको छ । घाइतेको लमही अस्पतालमा उपचार भैरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया