सडक महोत्सवमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रमुख घिमिरेकाे निर्देशन

समाधान संवाददाता २०७६ पुष १० गते १६:३०

समाधान संवाददाता, पाेखरा

पर्यटकिय नगरी पोखराको लेकसाईडमा अङग्रेजी नयाँ वर्षलाई लक्षित गरि यही पौष १२ गते बाट सुरु हुन गईरहेको २१औं पोखरा सडक महोत्सवलाई शान्तिपूर्ण, सभ्य तथा मर्यादित वातावरणमा सम्पन्न गराउन गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला स्थित कार्यरत प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुलाई निर्देशन गर्नुभएको छ ।

प्रदेश प्रहरी कार्यालय पोखरामा यहि पौष १०गते आयोजित सुरक्षा योजना छलफल कार्यक्रम अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार पारेको महोत्सव विशेष सुरक्षा योजनाको अध्ययन पश्चात उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

Advertisement

साथै पर्यटन वर्ष सन् द्दण्द्दण् लाई समेत मध्यनजर गर्दै आन्तरिक तथा बाह्‌य पर्यटकहरु ठुलो मात्रामा पोखरामा आउने र सोहि महोत्सवलाई लक्षित गरी अन्य अवान्छित तथा अपराधिक क्रियाकलाप समेत हुन सक्ने भएकाले यस्ता गतिविधिहरुलाई रोक्न पर्‍याप्त मात्रामा प्रहरी परिचालन गर्न समेत उहाँले निर्देशन दिनु भएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक राजकुमार के।सी।ले महोत्सव सुरक्षा व्यवस्था, प्रहरी परिचालन योजना, ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन,कार्यक्रम अवधीभरको सुरक्षा प्रवन्ध लगायतका विषय समेटिएको पावरप्वाईन्ट प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

कार्यक्रममा संघिय इकाई प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी लगायतका पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया