समृद्धिका लागि महिलाको भूमिका महत्वपूर्ण

समाधान संवाददाता २०७६ पुष ११ गते १३:१५

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताएकी छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखा लैंगिक तथा समावेशीकरण समितिद्वारा आयोजित २१ औं महिला गोष्ठीको बिहीबार पोखरामा उद्घाटन गर्दै उनले महिला प्राप्त हक अधिकारको उपयोग गर्दै आर्थिक समृद्धितर्फ जोडिनु पर्ने बताइन् ।

मानवीय सेवामा समर्पित रेडक्रसले महिलालाई सहभागिता गराउँदै नेतृत्व विकासमा समेत जोड दिँदै आएकोमा उनले प्रशंसा गरिन् । महिला घरभन्दा बाहिर निस्केर समाजका विपन्न एवं असहायको सहारा बन्नु पर्नेमा उनको जोड थियो ।

Advertisement

३ तहका सरकारले महिला सशक्तीकरणका लागि विनियोजित रकमका बारेमा महिला सचेत हुनु पर्नेमा जोड दिँदै उपभामुख शर्माले महिला समाजका विपन्न एवं असहाय वर्गको सहारा बन्ने विश्वास व्यक्त गरिन् ।

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापतिद्वय डण्डराज पौडेल र कृष्ण तिमिल्सिनाले महिला अरक्षणमा नभई क्षमता विकास गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

Advertisement

शाखाका महामन्त्री धर्म अधिकारीले संस्थाले विभिन्न विकास निर्माणका साथै रक्तदान, एम्बुलेन्स सेवाजस्ता मानवीय सेवालाई विशेष महत्व दिँदै आएको बताए ।

२ दिन चल्ने गोष्ठीमा शाखा अन्तर्गतका ४८ उपशाखाका ९६ महिलाको सहभागिता रहेको लैंगिक तथा समावेशीकरण समिति कास्की संयोजक एव संस्थाका उपमन्त्री उर्मिला खड्काले बताइन् । कार्यक्रम पहिलो दिन मोहनसिं खड्का र श्रीराम तिमिल्सिना तथा दोस्रो दिन उर्मिला खड्का र खेमराज सापकोटाले प्रशिक्षण दिने कार्यक्रम छ । पोखरा १२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष रामबहादुर कार्की, इन्दिरा भण्डारी, मिना गुरुङ, प्रभा अर्याल लगायतले तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया