पिएनमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

समाधान संवाददाता २०७६ पुष ११ गते १३:३५

सचिन आचार्य
पोखरा

पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुले नवआगन्तुक विद्यार्थीका लागि बिहीबार स्वागत कार्यक्रम गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यक्रम उद्घाटन गरे

नेता नेपालले देश निर्माणमा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए । उनले विद्याथीलाई राजनीतिक क्रियाकलापसँगै अध्ययन गर्न पनि आग्रह गरे । आफ्नो पढाइ र राजनीतिक क्रियाकलाप सँगै अघि बढेको उदाहरणसमेत सुनाए । ‘काठमाडौंको त्रिचन्द्र कलेज, वीरगन्जको ठाकुरराम क्याम्पस, पाटनको पाटन क्याम्पस हँुदै महेन्द्र मोरङ क्याम्पसबाट ग्रेजुएसन गरें,’ उनले भने, ‘राजनीतिक यात्रामात्र हैन मैले अध्ययन पनि गरेँ ।’

Advertisement

कार्यक्रममा कलाकार जीवन दाहाल, तारापति सुवेदी, आयूष नेपालीले सांस्कृतिक प्रस्तुति राखेका थिए । राजेन्द्र नेपाली, युवराज भण्डारीले हाँस्य प्रहसन प्रस्तुत गरे । उक्त अवसरमा क्याम्पसका विद्यार्थीले समेत सांस्कृतिक एवं हाँस्य प्रस्तुति राखेका थिए ।

समाराहमा प्राध्यापक मीनप्रसाद लम्साल, कर्मचारी बलराम पोख्रेल र युवराज बास्तोला, विद्यार्थी रोसन खनाल, रीतिका शर्मा, शेखर ढकाल, शान्ति थापा र कुन्ती घले गुरुङ सम्मानित भए ।

Advertisement

अनेरास्ववियु प्राक अध्यक्ष राजन शर्मा पराजुलीको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेकपा नेता खगराज अधिकारी, राजीब पहारी, राजकाजी गुरुङ, कृष्ण थापा, तुलबहादुर गुरुङ, दामोदर बैरागी, रश्मी आचार्य सहभागी थिए । वसन्त भट्टचन र वज्रराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा विवेक देवकोटाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया