सिजीको सामान किन्दा उपहार

समाधान संवाददाता २०७६ पुष ११ गते १४:०३

समाधान संवाददाता, पोखरा

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले पुस १२ देखि १७ गतेसम्म समान खरिदमा छुट र उपहार दिने भएको छ । पोखरा ८ न्युरोडमा रहेको न्यु प्लाजास्थित डिलरमा उक्त प्योकज प्रदान गरेको हो ।

डिजिटल साउन्ड एन्ड भिजनमा योजना चलाउने सिजीले जनाएको छ । योजना अनुरुप उपभोक्ता हितमा कम्पनीले सिजी ब्रान्डका कुनै पनि घरायसी सामग्रीको खरिदमा २० प्रतिशत फ्ल्याट छुट प्रदान गर्न लागेको छ ।

Advertisement

सिजीले पोखरेली उपभोक्तालाई उपहार दिने योजनासमेत बनाएको छ । खरिद गर्ने उपभोक्तालाई थप आकर्षक उपहार दिने जनाएको छ । १ हप्ता अवधिमा विभिन्न किसिमका रमाईला खेल खेलाउने र विजेतालाई आकर्षक उपहार दिने योजना रहेको डिजिटल साउन्ड एन्ड भिजनले जनाएको छ ।

निश्चित अवधिका लागि पोखराको डिजिटल साउन्ड एन्ड भिजनमामात्र लागु गरिएको योजनामा फाईदा लिन उपभोक्तालाई अनुरोध गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया