मुस्ताङ घुम्ने विदेशी पर्यटक घटे

एसके थकाली
जोमसोम
हिमाली जिल्ला मुस्ताङमा गत वर्षको तुलनामा यसवर्ष विदेशी पर्यटकको संख्या घटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले दिएको जानकारी अनुसार सन् २०१८ को तुलनामा सन् २०१९ को डिसेम्बर २३ तारिखसम्म ३ हजार ३ सय ८ विदेशी पर्यटक कम आएका हुन् ।
सन् २०१९ को डिसेम्बर २३ सम्म ५६ हजार ५ सय ३० पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०१८ को डिसेम्बरसम्म ५९ हजार ८ सय ३८ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमले जनाएको छ । सन् २०१९ को मे महिनामा सबैभन्दा बढी १२ हजार १ सय ३९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । चालु वर्षको डिसेम्बर २३ सम्म ३४ हजार ८ सय ७३ सार्क मुलुकका पर्यटक छन् भने २१ हजार ६ सय ५७ पश्चिमा मुलुकका पर्यटक छन् । सार्क पर्यटकमा अधिकांश भारतीय पर्यटक छन् भने आंशिकरुपमा श्रीलंका, माल्दिप्स, भुटान, बंगलादेश र पाकिस्तानका छन् ।
सन् २०१८ मा सार्क मुलुकबाट ३३ हजार २ सय ९ र पश्चिमेली मुलुकबाट २६ हजार ६ सय २९ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । गत वर्षको तुलनामा चालु वर्षको अन्तिमसम्म सार्क मुलुकबाट १ हजार ५ सय ६४ पर्यटक बढेको छ भने पश्चिमेली मुलुकबाट ४ हजार ९ सय ७२ पर्यटक घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले जानकारी दिए ।
यसवर्ष ५६ हजार ५ सय ३० विदेशी पर्यटक मुस्ताङ भित्रिदा राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ १४ हजार ४ सय ५५ र उपल्लो मुस्ताङ ३ हजार ८ सय ७० विदेशी पर्यटक पुगेका छन् । कागबेनीस्थित एक्याप टुरिस्ट चेकपोस्टका इन्चार्ज रामकाजी लामाले सन् २०१८ भन्दा यसवर्ष विदेशी पर्यटकको आगमन घटेको बताए ।
मुस्ताङमा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथलाई लक्षित गरी भारतीय धार्मिक पर्यटक आउने गरेपनि पछिल्ला वर्षमा पश्चिमेली पर्यटक घट्न थालेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए । उनले पर्यावणीय सन्तुलन बिग्रनेगरी गरिएको सडक विस्तारले पर्यटकको आगमन घटेको प्रतिक्रिया दिए । दाहालले मुस्ताङको पर्यटक प्रर्वद्धनलाई दिगो तुल्याउन पदमार्ग संरक्षण, पर्यावरणी संरक्षण र धार्मिक तथा ऐतिहासिक सम्पदालाई जोगाउन आवश्यक भएको बताए ।
मुस्ताङमा करिव ६० हजार विदेशी पर्यटक आउँदा ४ हजारको अनुमातमा उपल्लो मुस्ताङ पुग्ने गरेको तथ्यांक छ । नेपाल सरकार अध्यागमन विभागले विदेशी पर्यटकलाई रोयल्टी शुल्क ५ सय डलर लिने भएकाले पर्यटकको आगमनमा असर परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गरेर भ्रमण वर्ष अवधिभर ५० प्रतिशत रोयल्टी शुल्क छुट दिने जनाएको छ । रोयल्टी छुटका कारण उपल्लो मुस्ताङमा उल्लेख्य पर्यटक भित्रिने अनुमान गरिएको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया