खिलाङ गाउँ अब भिडियोमा

समाधान संवाददाता २०७६ पुष ११ गते १४:५१

समाधान संवाददाता
पोखरा

मादी गाउँपालिकाको खिलाङ गाउँको पर्यटन प्रवद्र्धन तथा गाउँको प्रचार प्रसार गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरिएको छ । म्युजिक भिडियो बुधबार विमोचन गरिएको छ । उक्त म्युजिकमा भिडियोमा गाउँ र त्यहाँको सांस्कृतिक तथा प्राकृतिक सम्पदा देखाइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गाउँको पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍याउने उद्देश्यले गीतसहित म्युजिक भिडियोको तयार पारिएको निर्देशक नौजङ गुरुङले बताए ।

Advertisement

म्युजिक भिडियो विमोचनपछि गाउँपालिकाका प्रमुख वेदबहादुर गुरुङ (श्याम) ले यस्ता म्युजिक भिडियोले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने बताए ।

हिमाल झलल मादी सलल… बोलको उक्त गीतमा शब्द र संगीत कृष्णकुमार गुरुङको छ भने रजनी रिदम राईले स्वर भरेकी छन् । सिर्जना गुरुङले अभिनय गरेको भिडियोको निर्देशन गोरे गुरुङले गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया